पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि



पाकिस्तान । पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ ।

सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका विरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो ।


खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ । अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ । यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ । यो भाइरस मल–मुत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ ।

पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन् । पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ ।

खामा प्रेसले सार्वजनिक गरेको तथ्याङ् अनुसार यस वर्षको सुरुदेखि नै अफगानिस्तानमा २० भन्दा बढी र पाकिस्तानमा २४ वटा पोलियोका घटनाहरू रेकर्ड भइसकेका छन् ।

यसअघि, डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मन्धारीले ‘अफगानिस्तान र पाकिस्तानले मिलेर काम गर्नुपर्ने उल्लेख गरेको थियो ।

यद्यपि, प्रयासहरू कम भई सीमाको वरिपरि तनावले अफगानिस्तान र पाकिस्तान दुवैमा रोगविरूद्धको चिकित्सकीय हस्तक्षेप र प्रयासहरूलाई ओझेलमा पारेको छ ।”

युनिसेफ र डब्ल्यूएचओजस्ता विभिन्न संस्थाहरूको नेतृत्वमा विश्वव्यापी पोलियो उन्मूलन प्रयासले पोलियो सङ्क्रमणका घटनामा उल्लेखनीय सुधार भने आएको छ । यद्यपि, पाकिस्तान र अफगानिस्तानमा अहिले पनि एउटै क्षेत्र वा समुदायभित्र पोलियोको सङ्क्रमण दोहोरिने र सङ्क्रमितका घटनामा वृद्धि हुने क्रम जारी रहेको पाइन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here