पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु



पेशावर ।  पाकिस्तानी तालिबानले अफगान सीमानजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

‘आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका १० जना जवान सहिद भएका थिए भने सातजना घाइते भएका थिए,’ एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताए।


खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतंककारीहरूले भारी आक्रमण गरेका थिए। आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतंकवादमा वृद्धि देखेको छ भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

खैबर जिल्लाको अफगान सीमानजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एकजना प्रहरी मारिएका छन्। ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसात् गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here