पाकिस्तानमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ । आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतङ्कवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो । मृ

त्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको स्रोतले जनाएको छ । आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका थिए । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ । समाचार तयार पार्दासम्म उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here