पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताल नियुक्त



काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जनाएको छ ।


गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। असोज १६ गते धिताल संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here