नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै



नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौ‌ बाहिर पहिलो  ट्रमा सेन्टरको निमार्ण शुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य शुरु भएको हो । 

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताए ।  ट्रमा सेन्टर निर्माण पश्चात  जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । 


डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here