धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द



काठमाडौँ । काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

धार्के–ठुलोखोला खण्डमा आइतबारदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो । 


धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आइतबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

s

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here