धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको माओवादीको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ ।

माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सो आरोप लगाएका हुन् ।


सापकोटाले सहकारी ठगीमा जोडिएका एमालेका ऋषिकेश पोखरेल र नेपाली कांग्रेसका धनराज गुरुङमाथि कुनै छानबिन नभएको तर,रास्वपाका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गरिएको भन्दै आपत्ति जनाए । पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगीमा मुछिएका लामिछाने शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा छन् । सहकारीमा जोडिएका लामिछानेको बचाउ गर्दै माओवादीले आपत्ति जनाएको हो ।

‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, प्रवक्ता सापकोटाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here