देशभर डेंगुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामा दुई हजार



काठमाडौं। देशभर डेंगुबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ।

केही दिन अघि पानी परेका कारणले डेंगु संक्रमण बढेको बताए। हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ। डेंगुको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ।


गण्डकी प्रदेशमा सबैभन्दा बढी

डेंगुको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ।

उपत्यकामा दुई हजारभन्दा बढी

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगु संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेंगु संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here