दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा



काठमाडौं । दशै पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङग्रा बजार पठाउन थालिएको छ ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि ब्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका छन्  । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर हुने विश्वासका साथ दशैँमा हिमाली भेगका च्याङ्ग्राको मासु बढी खपत हुुने गर्दछ । 


यस वर्ष दशैका लागि मुुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिडाएर ल्याएका च्याङग्रा बेनी देखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । यसपाली गत वर्षको तुलनामा च्याङग्राको मूल्य सस्तिएको ब्यापारीहरुले बताएका छन् । 

तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्दछ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा करिव ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकले मुख्य आय स्रोतको रुपमा च्याङग्रापालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here