थिम्पुमा पूर्वराजा शाह र भुटानी नरेशबीच भेटवार्ता



काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी नरेश जिग्मे केशर नामग्याल वाङ्चुकबीच भेटवार्ता भएको छ । शुक्रबार उनीहरुबीच थिम्पुमा भेटवार्ता भएको हो ।

भेटमा भुटानी नरेश तथा रानी जेत्सुन पेमा वाङ्चुक लगायत राजपरिवारका सदस्यसमेत थिए । त्यस्तै पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, पूर्व शाहाज्यादी शिताष्मा राज्य लक्ष्मी देवी शाह पनि सहभागी भएका थिए । पूर्वराजा बिहीबार भुटानको थिम्पु पुगेका हुन् ।


पूर्वराजा थिम्पु पुग्दा उनलाई रातोकार्पेट बिछ्याएर स्वागत गरिएको थियो भने उनको स्वागतमा भुटानी राजकुमारी विमानस्थल पुगेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here