जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने



धनुषा । मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ ।

प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत रु तीन करोडको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डां.सोहन साहले जानकारी दिए । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए । 


आज शुक्रबार उपाध्यक्ष साहसहित जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायत व्यक्ति सम्मिलित टोलीले जनकपुरधाम बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बीचमा शौचालयका लागि जग्गा पहिचान गरिएको हो ।

यसैगरी उपाध्यक्ष साहसहितको टोलीले जनकपुरधाममै सांस्कृतिक पर्यटकीयपार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको जनाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here