च्याम्पियन्स लिगमा लिभरपुलको लगातार तेस्रो जित



काठमाडौँ । लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।


लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आरबी लेइपजिंगले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here