चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते



जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here