घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । 


यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार १७५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here