कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर लामिछानेले गिरफ्तारी दिने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर गिरफ्तारी दिने भएका छन् । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुगेर लामिछानेले सम्बोधन गरेर पोखरा जाने जानकारी गराएका हुन् । 

रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपछि पार्टी कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै कार्यवाहक प्रवक्ता झाले यस्तो बताएका हुन् । 


उनले पक्राउ गर्न आउने प्रहरी अधिकारीलाई प्रतिकार नगर्नसमेत कार्यकर्तालाई अनुरोध गरेका छन् । प्रहरीले भने लामिछानेलाई सम्बोधन गर्न दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । 

“अबको आधा घण्टामा पार्टी सभापति आउनुहुनेछ । त्यसपछि उहाँले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’, कार्यवाहक प्रवक्ता झाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here