काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित



काठमाडौं । श्रीलंकामा जारी काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो ।  नेपालले सुरुआत दुई सेट १९–२५ र १४–२५ ले गुमाएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नेपालले २९–२७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने खोजेको थियो तर चौथो सेटमा नेपाल १४–२५ ले पराजित भयो । हारसँगै नेपाललेको दुई खेलमा तीन अंक छ । पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब नेपालले मंगलबार माल्दिभ्सको सामना गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here