ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष, आइतबार ज्ञापनपत्र बुझाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरुको बैठकले एमाले अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । 

शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको हो ।


विपक्षी दलहरुले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष पनि निकालेका छन् । 

बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्ष निकालेको छ । विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको बताइएको छ । 

यस बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी भएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here