एयर इन्डियाको जहाजमा विष्फोटक पदार्थ राखिएको हल्ला मात्रै, कुनै शंकास्पद वस्तु भेटिएन



काठमाडौँ । एयर इन्डियाको जहाजमा कुनै पनि विष्फोटक पदार्थ नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला नपरेको जानकारी दिए ।

भारतमा रहेको एयर इन्डियाको मुख्यालयमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइएको बमको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीले दिउँसो साढे ३ बजेदेखि जाँच थालेका थिए ।


तर केही नभेटिएपछि केहीबेरमा जहाज दिल्ली उड्दैछ । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३ः५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here