एयरलाइन बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत



भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताएका छन् । उनले ‘सुरक्षा र संरक्षण’ प्राथमिकता हो भन्दै विमानस्थलमा जाँचहरू बढाइएको जानकारी दिए ।

केही धम्कीका कारण विमानहरू क्यानाडा र जर्मनीतिर मोडिएका थिए भने बेलायत र सिङ्गापुरको आकाशमाथि विमानहरूलाई एस्कर्ट गर्न लडाकू जेटहरू उडाइएका थिए । धेरैजसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएका सन्देशहरूका कारण नागरिक उड्डयन अधिकारीहरूले धम्की दिइएका प्रत्येक उडान जाँच्नु परेको छ ।


मन्त्री नायडूले उड्डयन र विमान सुरक्षा कानूनहरूलाई परिमार्जन गर्न र त्यस्ता धम्की दिनेहरूलाई गम्भीर वा ‘स्पष्ट रूपमा पहिचानयोग्य’ अपराधको दोषी बनाउन सम्भावित लामो सजायसहित ‘कानूनी कारबाही’ का लागि छलफल भइरहेको पनि जानकारी दिए । उनले भने, “हामी उनीहरूविरुद्ध कडा कारबाही गर्न सक्षम हुन र यसलाई स्पष्ट रूपमा पहिचानयोग्य अपराध बनाउन यो गर्न चाहन्छौँ ।”

भारतमा कम्तीमा एक नाबालिग पक्राउ परे पनि धम्कीहरू जारी छन् । सोमबार कुनै धम्कीको रिपोर्ट आएको छैन । मन्त्री नायडूले अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै धम्कीहरू एकल स्रोतबाट आइरहेको हो कि भन्ने बारे टिप्पणी गर्न अस्वीकार गरे । “यो एकदम संवेदनशील स्थिति हो”, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here