इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, आठ घाइते



पूर्वी लेबनानी सहर बालबेकमा रहेको एउटा घरमा सोमबार इजरायली ड्रोन हमलामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले मध्य बालबेकको नाबी इनाम क्षेत्रमा रहेको एउटा घरमा इजरायली ड्रोनले आक्रमण गरेको र मृत्यु हुनेमा महिला तथा बालबालिका रहेको बताएको छ ।

यसैबीच हिजबुल्लाहले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा इजरायली सेनासँग गोलाबारी हुँदा आइतबार साँझ इजरायलले नौ सय ड्रोन खसालेको बताएको छ । समूहले सन् २०२३ अक्टोबर ८ पछि दक्षिणी र पूर्वी लेबनानमा खसालेको यो नवौँ ड्रोन भएको बताएको छ । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा आफ्नो हवाई आक्रमणलाई तीव्र पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here