इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह



हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ। हिजबुल्लाहले इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरे पछि ५५ इजरायली सेना मारिएको दाबी गरेको छ । साथै ५०० इजरायली सेना घाइते भएको दाबी समेत गरिएको छ । 

इजरायलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमास नेता याया सिनावरको मृत्युबारे भने हिजबुल्लाहले अझै औपचारिक धारणा बाहिर ल्याएको छैन । 


बिहीबार नै इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले ५ जना सेना दक्षिणी लेबनानमा भएको सैन्य अपरेसनको क्रममा मारिएको जनाएको छ । 

समाचारमा जनाइए अनुसार अहिले सिनवार मारिएकै स्थानमा गत महिना ६ बन्दीको शव फेला परेको नजिकै अहिले उनी मारिएको हो । गत वर्ष देखि नै अमेरिकी विशेष अपरेसनले बन्दीको ट्रयाक गर्ने क्रममा हमास नेता पत्ता लगाउन सहयोग भएको हो । मारिने समयमा उनी उत्तरी लेबनानको रफाहाबाट उत्तर तर्फ जाने प्रयासमा थिए । 

यसै गरी बुधवार लेबनानमा भएको आक्रमणमा ४५ जना मारिएको इजरायलले जनाएको छ ।  गाजा र लेबनानमा जनजीवन झनै कठिन बनी रहेको छ । बिहीबार गाबल्य शरणार्थी शिविरमा समेत आक्रमण भए पछि लेबनानको स्वास्थ्य संयन्त्र नै पुरै असफल भएको छ ।

त्यहाँ शल्यक्रिया गर्न सक्ने एक मात्र अस्पताल अमल अवदान अस्पतालले पनि भार थेग्नै नसक्ने भएको जनाएको छ । अब सफियन स्कुलमा भएको आक्रमणमा २२ जना मर्नुको साथै १५० जना घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here