आइसिसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित



काठमाडौँ । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।


त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजबंशीले एक एक विकेट लिएका थिए । 

यस अघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आऔत हुदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौं स्थानमा छ । त्यस्तै अमेरिकाले भने सातौं जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here