अमेरिकी राष्ट्रपति बाइडेन जर्मन भ्रमणमा जाँदै



बर्लिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्तादेखि जर्मन भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

उनी शुक्रबार एक दिने भ्रमणका लागि बर्लिन आउने स्रोतले जनाएको छ । जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।


बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उनले उक्त भ्रमण रद्द गरेका थिए ।

अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here