अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता



काबुल । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।

प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी बद्लुनले डुङ्गा सोमबार दिउँसो नङ्गरहार प्रान्तको कुज कुनार जिल्लास्थित नदीमा डुबेर दुर्घटना भएको बताएका छन्।


घटनाको बारेमा जानकारी दिदै उनले डुङ्गामा सवार १७ जना मध्ये आठ जनाको मृत्यु पुष्टि भएको र चार जनालाई उद्धार गरिएको तथा पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

नदीमा पुल अभावका कारण दुर्घटनाग्रस्त क्षेत्रका बासिन्दाले नियमित रूपमा नदी पार गर्न डुङ्गा प्रयोग गर्ने गरेको जनाइएको छ ।

अधिकारीहरुका अनुसार गत जुन महिनामा नङ्गरहारमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here