हिज्बुल्लाहका नयाँ नेता हासिमलाई निशाना बनाउँदै बेइरुतमा इजरायली आक्रमण



बीबीसी । लेबननको राजधानी बेइरुतमा हिज्बुल्लाहका नेताहरूलाई निशाना बनाउँदै पुनः व्यापक रूपमा इजरायली हमला भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सहरभर गरिएका प्रहारमध्ये एउटा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको ठिक बाहिरसमेत थियो ।

ती खासगरी हिज्बुल्लाहको बलियो पकड रहेको दक्षिणी दाहिय क्षेत्रमा परेका थिए । हमलाको मुख्य निशानामा हिज्बुल्लाहका सम्भावित नयाँ नेता ठानिएका हासिम साफी अल–दिन रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले ती विस्फोटन गत साता नसरुल्लाह मारिँदाको जस्तो भएको तुलना गरेका छन् ।


हासिम साफी अल–दिन भूमिगत बङ्करमा रहेको ठानिएको छ। उनको अवस्था अज्ञात छ । अन्यत्र लेबननको दक्षिणमा इजरायली हमलामा परेर आफ्ना दुई सैनिकको मृत्यु भएको लेबननको सेनाले जनाएको छ ।

इजरायलले पूर्ण आकारको अतिक्रमण सुरु गरेको तेस्रो दिनमा मारिएका लेबननी सैनिकमध्ये एकजनाको दक्षिणी लेबननमा रेडक्रससँग मिलेर उद्धार अभियान सञ्चालन गरिराखेका बेला र अर्काको सैन्य चौकीमा भएको हमलामा परेको बताइएको छ ।

यसैबीच इजरायलले दक्षिणी लेबननमा एक क्षेत्रीय राजधानी अनाबतियसहित थप २० वटा नगर र गाउँका मानिसहरूलाई आफ्नो सुरक्षाका लागि घर छाड्न आदेश दिएको छ । बेइरुतमा गएराति भएको इजरायली हवाई हमलामा नौजना मारिएका र तीमध्ये ७ जना स्वास्थ्यकर्मी रहेको हिज्बुल्लाहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here