हिजबुल्लाह र इजरायली सेनाबीच द्वन्द्व हुँदै गर्दा बाइडेन–नेतान्याहू वार्ता हुने



जेरुसेलम । हिजबुल्लाह लडाकू र इजरायली सेनाबीच लेबनान–इजरायल सीमामा गोलीबारी हुँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच बुधबार वार्ता हुने तयारी भइरहेको छ ।

हिजबुल्लाहले आफ्ना लडाकूहरू दक्षिणी लेबनानमा इजरायली सेनासँग झडपमा उत्रिएको बताएको छ । उनीहरूले रकेट प्रक्षेपण हतियार प्रयोग गरेर इजरायलको सीमा उल्लङ्घन गर्ने प्रयासलाई रोक्न खोजेको बताएका छन् ।


अधिकारीहरूका अनुसार उत्तरी इजरायलको किर्यात शमोनामा संदिग्ध हिजबुल्लाह रकेट आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने इजरायली हवाई सुरक्षाले तटीय सहर कैसरियातर्फ प्रक्षेपण गरिएको दुई क्षेप्यास्त्रलाई रोकेको छ ।

लडाइँ जारी रहँदा नेतान्याहूले लेबनानले ‘गाजामा देखिएजस्तै लामो युद्ध’ को सामना गर्न नसक्ने चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा इरान प्रत्यक्ष रूपमा संलग्न हुनसक्ने द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनबाट बाइडेनले रोक्न खोज्न हुने अपेक्षा गरिएको छ ।

विषयसँग परिचित स्रोतका अनुसार बाइडेनले सात हप्तापछि पहिलो पटक बुधबार नेतान्याहूसँग कुरा गर्नुहुनेछ । गत साता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलको प्रतिक्रिया एजेन्डामा उच्च प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।