सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here