सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाला सुन १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here