साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्दै



काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बिहीबार घरेलु टोली नेपालले श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ । 

समूह बीको अन्तिम खेलमा जितको लक्ष्य सहित नेपाल मैदानमा उत्रने छ । यसअघि भुटान सँग बराबरी र माल्दिभ्स विरुद्ध फराकिलो जित दर्ता गरेको नेपाल बिहीबार समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । 


श्रीलंकाले यस अघि नै तीन अंक जोडिसकेको छ भने नेपाललको चार अंक छ । समान चार अंक भएको भुटानले बिहीबार कमजोर माल्दिभ्सको सामना गर्नेछ । यसकारण पनि बिहीबार नेपाललाई जित दर्ता गर्न दबाब छ । 

दिउँसो साढे १ बजे हुने खेलमा भने भुटानले माल्दिभ्सको सामना गर्नेछ । यो खेल पनि दशरथ रंगशालामा नै हुनेछ ।

समूह बीमा भुटानको पनि चार अंक छ भने माल्दिभ्स अंक विहीन छ ।  भुटान फराकिलो अन्तरले माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here