सरकारले मलाई मुद्दा लगाउने तयारी गरिरहेको छः सभापति लामिछाने



भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेको आरोप लगाएका छन् ।

शुक्रबार चितवनको इच्चाकामना गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको संसदीय छानबिन समितिले उल्लेख गरेको बताए ।


उनले भने, ‘राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन।’

उनले अनुसन्धानमा अझै सघाउने बताए । उनले यसरी समितिले समेत आफूलाई सहकारीको रकम लैजानमा संलग्न नभएको बताएपनि आफूलाई सरकारले मुद्दा लगाउने तयारी गरिरहेको बताए ।

सभापति लामछिानेले कांग्रेस महामन्त्री गगन थापासहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको बताए । उनले आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने जिकिर गरे ।

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनमा संसदीय समितिले उनको पनि संलग्नता देखाउँदै प्रतिवेदन तयार पारेपनि पनि लामिछाने आफूले क्लिन चिट पाएको बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here