विपद् व्यवस्थापनमा केन्द्रित हुन तीनै तहका सरकारलाई रास्वपाको ध्यानाकर्षण



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाको उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीको नेतृत्वमा सङ्घीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।


ध्यानाकर्षण पत्रमा बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको परिवारलाई राहत, बेपत्ताको खोजी, घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

घरबारविहीनलाई सहज अस्थायी बसोबास र खानपिनको व्यवस्था, अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापनलगायत विषयमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको रास्वपा नेता पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here