‘विनाशकारी’ मिल्टन आँधी फ्लोरिडातर्फ नजिकिँदै



टाम्पा (अमेरिका) । ‘विनाशकारी’ आँधी मिल्टन बुधबार आँधी प्रभावित फ्लोरिडा राज्य नजिक आइपुग्दै गर्दा अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका छन् । राष्ट्रपति जो बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिए ।

धेरै सातामा दोस्रो ठूलो मिल्टन फ्लोरिडाको पश्चिमी सामुद्रिक तटतर्फ बढ्दै गर्दा मानिसहरू घरहरू बन्द गर्न र भाग्न हतारिएका छन् । ‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन’, आदेश पाएकाहरूलाई अहिले नै खाली गर्न आग्रह गर्दै बाइडेनले मङ्गलबार ह्वाइट हाउसबाट भने ।


बुधबार बिहान ९०९ः०० जिएमटी) सम्म मिल्टन टाम्पाको चार सय ८५ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो र राष्ट्रिय आँधी केन्द्र (एनएचसी) का अनुसार यसले दुई सय ६० किलोमिटर प्रतिघन्टाको अधिकतम निरन्तर हावा उत्पन्न गरिरहेको थियो ।

‘मिल्टन विनाशकारी श्रेणी ५ को आँधीका रूपमा रहेको छ’, आँधी बुधाबार राति फ्लोरिडाको खाडी तटमा आउने भविष्यवाणी गर्दै एनएचसीले भनेको छ, ‘फ्लोरिडाका पश्चिम–मध्य तटमा पुग्दा अत्यन्तै खतरनाक आँधीका रूपमा रहने अपेक्षा गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here