शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा



काठमाडौँ । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।

‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ । द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ,’– विज्ञप्तिमा भनिएको छ ।


दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्लालक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here