रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आह्वान गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो आह्वान गरेको हो ।

विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ । विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यकपर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here