राष्ट्रिय राजमार्गमा स्थानीय तहको पटके असुली रोक्न गृहमन्त्रालयको परिपत्र



काठमाडौं । गृह मन्त्रालयले अवैध रुपमा राष्ट्रिय राजमार्गमा हुने गरेको पटके असुलीको कार्य रोक्न निर्देशनसहितको परिपत्र जारी गरेको छ ।

बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै पटके असुलीको कार्य तत्काल रोक्न भनेको हो । मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको बैठकले सङ्घ मातहत भएका कुनै पनि राजमार्गमा प्रदेश तथा स्थानीय तहले कुनै पनि प्रकारको कर उठाउन नपाउने निर्णय गरेको थियो । तर, अझै पनि विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली गर्दै आएको भन्दै यातायात व्यवसायीले गुनासो गर्दै आएका थिए ।


स्थानीय तहले आफुखुसी पटके असुली गरेर दुख् दिएको भन्दै गत साता यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । सोपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here