राज्यव्यवस्था समितिमा गृहमन्त्री: बाढी प्रभावितलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउँछौं



काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण गएको बाढी र पहिरामा परेर प्रभावित भएका नागरिकलाई अस्थायी अवास निर्माण गर्न तत्काल पहिलो किस्ता उपलब्ध गराउने बताएका छन् ।

मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै ३ दिनभित्रमा पहिलो किस्ता उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् । बैठकमा गृहमन्त्री लेखकले राहत वितरणको काम पनि छिटो गर्न निर्देशन भइसकेको बताए ।


“स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेका छौँ,” लेखकले भने, “स्थायी आवासको लागि सरकारले पछि छुट्टै पैसा दिन्छ । उनले मृतकका परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।

प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ ।

शुक्रबार र शनिबार परेको पानीका कारण काठमाडौं उपत्यकासहितका २८ भन्दा धेरै जिल्ला अस्तव्यस्त बनेको छ । २२७ जना भन्दा धेरै नागरिकले ज्यान गुमाउँदा झण्डै ३० जना हालसम्म पनि वेपत्ता रहेको सरकारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here