काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लो समयमा यातायात क्षेत्रमा देखिएका समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्र««फिक प्रहरीलाई आज एक सय थान ‘स्मार्टफोन’ हस्तान्तरण गर्दै लाइसेन्स (चालक अनुमतिपत्र) वितरणमा भइरहेको ढिलाइलगायत यातायातको क्षेत्रमा देखिएका समग्र समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताए ।
उनले भने, “अबको केही दिनभित्रैमा सवारीचालक अनुमति पत्र लिनका लागि भइरहेको ढिलाइ समस्या समाधान हुनेछ, अब लाइसेन्स लिनका लागि कोही पनि लाइनमा बस्नुपर्ने छैन ।” उनले ट्रार्फिक प्रहरीलाई स्मार्टफोन प्रयोगमा ल्याउन निर्देशन दिँदै त्यस सम्बन्धमा देखिएका समस्या आफूले समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम र सडकमा देखिएको समस्या समाधानको प्रक्रिया अगाडि बढिसकेको बताए ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले काठमाडौँ उपत्यकाभित्र परीक्षणका लागि मात्रै स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तारण गरेको र यो क्रमैसँग बागमती प्रदेशका सबै जिल्लामा प्रयोगमा ल्याउने योजना सुनाए ।