माल्दिभ्सलाई १३ शून्यले पराजित गर्दै भुटान सेमिफाइनलमा



काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालमा भएको खेलमा माल्दिभ्सलाई १३ शून्यले पराजित गर्दै भुटान सेमिफाइनलमा पुगेको हो ।

भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो ।


अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here