भौतिक पूर्वाधारमन्त्रीको ब्रिफिङ: राजमार्गको मर्मतका लागि २०/२५ अर्ब लाग्छ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण अवरुद्ध बनेका राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रबार बसेको संसद्को पूर्वाधार विकास समितको बैठकमा सांसदलाई ब्रिफिङ गर्दै मन्त्री दाहालले वीपी राजमार्ग बाहेकका अन्य राजमार्ग ३ दिनभित्रमा सञ्चालनमा आउने बताए । उनले बीपी राजमार्ग भने तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको जानकारी दिए ।


“बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्,” मन्त्री दाहालले भने, “बीपीमा भने समय लाग्छ । त्यहाँ १२ किलोमिटर बाटोको नामो(निशाना नै छैन ।”

मन्त्री दाहालले बीपी राजमार्गको मर्मतका लागि कम्तिमा पनि २० देखि २५ अर्ब बजेट चाहिने बताए । उनले भने, “राजमार्गहरू बनाउनका लागि २० देखि २५ अर्ब पैसा लाग्छ । त्यसमा पनि सबैभन्दा ठूलो पैसा बीपी राजमार्गमै लाग्छ । यो बाटो खोल्नका लागि काम गरेको गरेकै छौँ । बाटो खोल्नका लागि काम भइरहेको छ ।”

बाढी पहिरोका कारण भएको क्षतिपछिको उद्धारको काम सकिएको वीपी राजमार्गमा फसेका गाडी र सहचालकलाई उद्धार गर्ने काम चलिरहेको मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारले निर्देशन दिइसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here