भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु



मुम्बाई । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य केही घाइते भएका छन् ।

देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए ।


भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो । उनीहरु सुतिरहेका बेला घटन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here