बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ



काठमाडौं । प्रहरीले बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो ।


गोतामेले आफ्नो घरमा काम गर्नका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकोमा बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको घरबाट कात्तिक २ गते चार बालिकाको उद्धार पनि गरेको थियो । ब्यूरोले उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here