बाढीपहिरोका कारण अलपत्र एक सय ६३ विदेशी पर्यटकको उद्धार



काठमाडौं। बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो।


सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरिरहेको छ। पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ। सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवा र मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ।

यसै क्रममा बाढी पहिरोमा हराएका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको मन्त्रालयले जनाएको छ। यस्तै रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here