बाँसको ¥याक बनाएर जीविकोपार्जन



नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् ।

बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका हुन् । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको ¥याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा ¥याकको माग गर्ने भएकाले उनको दैनिकी ¥याक बनाउनमै बित्छ ।


“अहिले ¥याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत ¥याक बनाएर बस्नु परेको छ”, उनले भने, “¥याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् ।” बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उहाँको भनाइ छ । उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा ¥याक तयार गर्छन् ।

विभिन्न चार आकारको ¥याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए । ¥याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा ३० हजार बचत गर्ने गरेको बताए । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट ¥याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ ।

“¥याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ”, उनले भने, “छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।” ¥याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए ।

सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर ¥याक बनाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here