‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक



काठमाडौँ । फिल्म ‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा म्युजिक नेपालबाट गीत सार्वजनिक गरिएको हो ।

गीतमा भरत अधिकारी, प्रशान्त शिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको स्वर छ । गायक प्रशान्त शिवाकोटीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन् ।


गीतको भिडियोमा फिल्मका मुख्य कलाकारको नृत्य छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ । फिल्ममा सन्दीप श्रेष्ठ र नविन भट्टको संयुक्त लेखन छ । फिल्म आगामी कार्तिक २२ मा छठ पर्वकोअवसरमा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नवीन भट्ट हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here