पार्टीमा तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने प्रवृत्तिको प्रतिवाद गरौंः भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएकोप्रति रावलले सोमबार सामाजिक संजालमार्फत असन्तुष्टि जनाएका हुन् ।

रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।


उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here