नेसपाको विधान अधिवेशन पोखरामा हुँदै



पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन गर्ने भएको छ ।

यही सोमबार र मंगलबार पोखरामा पहिलो पटक हुने विधान अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।


शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै विधान अधिवेशनबारे जानकारी गराइएको हो ।  २०७९ सालको असारमा जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठनको दुई वर्षपछि विधान अधिवेशन हुन लागेको हो ।

आगामी माघमा नेसपाको महाधिवेशन गर्ने तयारी भइरहेको बेला विधान अधिवेशन गर्न लागिएको छ ।

पार्टीको विधान र राजनीतिक प्रतिवेदन डा. भट्टराईले पेश गर्ने तय भएको नेता किरण थापा (आमोद) ले जानकारी दिए । डा. भट्टराईले प्रस्तुत गर्ने प्रतिवेदनमाथि दुई दिनसम्म छलफल हुने उनको भनाइ छ ।

विधान अधिवेशनले नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यताबारे छलफल गर्नेछ । देशभरबाट ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here