नाइजेरियामा बाढी पीडितका लागि पाँच करोड डलर सहयोगको घोषणा



संयुक्त राष्ट्रसंघले बुधबार नाइजेरियामा बाढी पीडितहरूको सहयोगको लागि पाँच करोड अमेरिकी डलर ऋण जारी  गरेको छ । केन्द्रीय आपत्कालीन राहत कोषबाट प्राप्त रकमले नाइजेरियाका बाढी प्रभावित बोर्नो र बाउची र उत्तरपश्चिम राज्यहरूमा आधारभूत आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्ने राष्ट्रसंघले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

बाढीले पश्चिम अफ्रिकी देश नाइजेरियाका ३६ राज्यमध्ये कम्तीमा ३१ राज्यमा १२ लाखभन्दा बढी मानिसलाई असर गरेको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएको छ । त्यहाँ बाढीका कारण करिब एक लाख २७ हजार ५०० हेक्टरको बालीसमेत  प्रभावित भएको छ ।


“नाइजेरियामा बाढीले निरन्तरको संकटभित्र पनि थप संकट सिर्जना गरेको नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघीय संयोजक मोहम्मद मलिक फलले बताएका छन् ।  

“आर्थिक कठिनाइका कारण लाखौँ मानिसहरूले बाढी अघि नै खाद्य असुरक्षाको सामना गरिरहेका थिए । यसको कारण गरिब परिवारमा अनिकालको लागेको छ । बाढीको चपेटामा परेका नाइजेरियाका धेरै राज्यहरूमा हैजा सङ्क्रमणका बिरामी पनि भेटिएका छन् ।

गत महिना, बोर्नो राज्यको राजधानी, उत्तरपूर्वी सहर मैदुगुरीमा गम्भीर बाढी प्रकोपले कम्तिमा ३१ जनाको ज्यान लिनुका साथै चार लाख मानिसलाई विस्थापित बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here