दुई विधेयक प्रमाणित



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का दुवै सदनबाट पारित दुई विधेयक प्रमाणित गरेका छन् ।

अध्यक्ष दाहालले आज बुधबार सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् ।


अध्यक्ष दाहालबाट प्रमाणित विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपतिसमक्ष पठाइएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन कार्यान्वयनमा आउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here