दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरीयतामा टी-२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् ।

आइसिसीले आज जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । नयाँ बरीयतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् ।


ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । यसै गरी एक दिवसीय अन्तर्राष्ट्रिय बरीयतामा ब्याटिङतर्फ ऐरी विश्व बरीयतामा ४३औँ स्थानमा रहेका छन् । यसअघि उनी ४५औँ स्थानमा रहेका थिए ।

अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम बरीयतामा नेपाल १७औँ स्थानमा रहेको छ ।

त्यसै गरी एक दिवसीय अन्तर्राष्ट्रिय बरीयतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त बरीयतामा ८७औँ स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here