दसैंमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान सुरु हुने



काठमाडौँ । चाडपर्वमा हवाई चाप घटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे नै खोल्ने भएको छ ।

हवाई यात्रुको चाप बढेपछि असोज १७ गतेदेखि ३० गते पूर्णिमासम्म बिहान साढे चार बजेदेखि राति १२ बजेसम्म विमानस्थल खुल्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।


अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध विमानस्थल, पोखरा, नेपालगन्ज, भद्रपुर, विराटनगर, जनकपुर विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here